पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन : फेरि प्रिन्स र प्रफुलबिच उपाधि भिडन्त
काठमाडौँ । एपीएफ क्लबका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जनबिच फेरि एकपटक उपाधि भिडन्त हुने भएको छ । यी दुई प्रभावशाली खेलाडीबिच ‘१३औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि भिडन्त पक्का भएको हो ।
पुष्पलाल स्मृति ब्याडमिन्टनको अघिल्लो संस्करणमा प्रफुललाई पछि पारेका प्रिन्स तेश्रो प्रधानमन्त्री कपमा प्रफुलसँगै पराजित भएका थिए । त्यसयता ललितपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको दोश्रो मेयर कप र स्पोर्टस हवद्वारा आयोजना गरिएको प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्दै प्रिन्सले उपाधि चुमेका थिए ।
पुष्पलाल ब्याडमिन्टनको शुक्रबार भएको शीर्ष आठ पुरुष एकलतर्फको खेलमा प्रिन्सले एपीएफकै देवराज रानालाई २१–७, २–१२ अंकले पराजित गर्दै फाइनलमा प्रफुलसँगको भेट पक्का गरेका हुन् । प्रफुलले भने नेपाल पुलिस क्लबका सुनिल जोशीलाई २१–१४, २१–१३ अंकले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको महिला एकलको प्रतिस्पर्धामा ललितपुरकी रसिला महर्जनले नेपाल पुलिस क्लबकी निता लम्साललाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिन् ।
उक्त खेलमा रसिला २१–१६, २१–१६ अंकले विजयी भएकी थिइन् । रसिलाले फाइनलमा उपाधिका लागि भोजपुरकी नङ्शलदेबी तामाङसँगस प्रतिस्पर्धा गर्नेछिन् । नङ्शल भने आर्मीकी अनुमाया राईलाई २१–१४, २४–२२ अंकले हराउँदै फाइनलमा पुगेकी हुन् ।
यसैगरी मास्टर्स ४५ वर्षभन्दा माथिको युगल स्र्धामा रिभाइभका शुक्र पाख्रिन र भिमबहादुर थापाको जोडी तथा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङको जोडी उपाधिका लागि भिड्ने भएका छन् । मास्टर्स ५५ वर्षभन्दा माथिको स्पर्धामा पिस फिटनेश सेन्टरका गणेश राई र कर्णबहादुर शाहीको जोडी तथा गुल्मीका राम गुरुङ र खगेन्द्र रेग्मीको जोडीबिच फाइनल खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण