मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मिटरब्याज पीडितको पीडा : आन्दोलन गर्दैगर्दा साहुको फोन आउँछ, न्याय पाउने टुंगो छैन

शुक्रबार, १८ फागुन २०८०, १७ : ५३
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । लगातार २३ दिन हिँडेर गत फागुन १० गते काठमाडौँ आएका मिटरब्याज पीडितहरु निरन्तर रुपमा आन्दोलनरत छन् । नेपालको विभिन्न भागबाट २३ दिन लगातार हिँडेर काठमाडौँ सरकारसँग न्याय माग्न आएपनि उनीहरुको मागलाई सरकारले अहिलेसम्म सुनुवाइ गरेको छैन । 

मिटरब्याज पीडितहरु न्याय नपाएसम्म काठमाडौँ नछाड्ने अडानमा रहेका छन् । खाली खुट्टामा हिँड्दा उठेका ठेलाहरू फुटेर बनेका घाउँबाट रगत बगाउँदै भएपनि दैनिक काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । सरकारले उनीहरुको माग सम्बोधनको लागि वार्ता टोली बनाएर वार्ता गरिरहेको छ । तर दुई पटकसम्म वार्ता सफल हुन सकेको छैन । 

काठमाडौँ आएका अधिकांश मिटरब्याज पीडितहरु गाउँकै साहुमहाजनबाट लिएको ऋणले उठिबास बनाएको भन्दै सरकारसँग जाली तमसुक खारेज गर्न माग गरेका छन् । अधिकांश पीडितहरुले ऋण लिएको ४ देखि ६ वर्षमा दोब्बर तेब्बर ऋण पुग्ने र हरेक वर्ष बुझाउँदा पनि साहुको ऋण नघट्न उल्टो बाँकी छ भन्दै घर जग्गा लुट्ने काम गरेको गुनासो गर्दै आएका छन् । उनीहरुले साहुले जाली तमसुक बनाएर भएको एक कट्ठा जमिन समेत हडपेकाले न्यायको लागि काठमाडौँ आएको तर न्याय पाउने आशा मरेको बताए । उनीहरुले ऋणको दोब्बर पैसा फिर्ता गर्दा पनि साहुले जग्गा खाने र जग्गा फिर्ता माग्दा उल्टै ऋण लिएको भन्दा बढी पैसा माग्ने गरेको पीडितहरुको गुनासो छ । मिटिरब्याज पीडितले आन्दोलन गर्दैगर्दा साहुको फोन आउने गरेको पनि बताएका छन् । 

मिटिरब्याज पीडित आन्दोलनमा सहभागी दाङका मिटरब्याज पीडितले राज्यले पीडितहरुको माग सम्बोधन भन्दा पनि राजनीतिकरण गर्ने काम भइरहेको बताए । उनले काठमाडौँ आएर न्यायको ढोका ढकढकाय पनि न्याय पाउने अवस्था नदेखिएको दाबी गरे । ती पीडितले सरकारसँगको वार्तामा पनि विभिन्न पार्टीहरुको खेल भइरहेको बताए । उनले वार्ताको माध्यमबाट समस्याको समाधान नहुने भएकाले न्याय पाउने विश्वास हराएको बताए । उनले पीडितहरुको माग सरकारले सम्बोधन गर्छ भन्ने दुःख,कष्ट सहेर पनि न्याय पाउने आशाले बसिरहेको भन्दै खान, बस्नको लागि आफैँ खर्च गर्नुपरेको बताए । न्याय नपाएसम्म काठमाडौँ नछोड्ने योजनामा रहेको उनले बताए ।

सुनसरीबाट आएका अर्का मिटरब्याज पीडित बेलाल अनसारीले पूर्वमेचीदेखि पैदल हिँडेर काठमाडौँ आएको ३२ दिन भएको र स्वास्थ्यमा समस्या देखिन थाल्दा समेत सरकारले माग सुनुवाइ गर्ने अवस्था नदेखिएको दुःखेसो पोखे । उनले पीडितहरुको माग सम्बोधन नभएसम्म काठमाडौँमा नै बस्ने बताए । उनले काठमाडौँ बस्नलाई धेरै समस्या रहेको गुनासो गरे । उनले मिटिरब्याज पीडितले यति धेरै दुःख कष्ट भोग्दा पनि सरकारले समस्या बुझ्न नसेको बताए । उनले आन्दोलनमा हुँदा समेत साहुमाहजनले पैसा कहिले दिने भन्दै फोन आउने गरेको सुनाए । 

अनसारीले सरकारले मिटिरब्याज पीडितलाई गृहमन्त्रीले दिने न्यायको सन्देश लिएर मात्रै आउने सुनाएको बताए । 

मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता शत्रुधन कुशवाह यादवले सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न आनाकानी गरिरहेको बताए । उनले सरकारले ६ बुँदे माग सम्बोधन गरे पीडितहरु तत्काल घर फर्कने जानकारी दिए । उनले पीडितहरुको सरकारसँग धेरै ठूलो माग नभएको भन्दै जाली तमसुक खारेज,बढी लगेको पैसा फिर्ता लगायतमा मात्रै माग रहेको बताए । 

सिराहा जिल्लाका तिलकबहादुरको पनि उस्तै गुनासो रहेको छ । उनले पनि न्याय माग्नको लागि काठमाडौँ आएको र न्याय नपाएसम्म घर नफर्कने बताए । न्याय पाउने आशाले अगुवाहरुको पछाडि लागेर आएको बताए । 

त्यस्तै कैलाली टिकापुरकी लक्ष्मी शाहले मिटरब्याजीले ऋणले भएकार घरजग्गा लिलाम गरेकाले न्यायको लागि आन्दोलनमा आएको बताइन् ।

पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडित समूहबिचको वार्ताले ठोस निस्कर्ष निस्कने भने पनि अहिलेसम्म आउन सकेको छैन । —न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप