बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एआई बोटले ७०० मानिसको काम गरेपछि कम्पनीले निकाल्यो ७०० कर्मचारी

शुक्रबार, १८ फागुन २०८०, १९ : ३४
शुक्रबार, १८ फागुन २०८०

स्टकहोम । स्वीडेनको एउटा फिनटेक कम्पनी कृत्रिम बौद्धिकता आधारित बोटको प्रयोग सुरु गरेपछि सयौँ कर्मचारीलाई कामबाट निकालेको छ । एआई बोट एक्लैले ७०० कर्मचारीले गरिरहेको काम गर्न सक्ने भएपछि क्लार्नाले ७०० फूल टाइम कर्मचारीलाई निकालेको हो ।

क्लार्नाका अनुसार एआई च्याटबोटले २३ लाखभन्दा धेरै अन्तरक्रिया ह्यान्डल गरिरहेको छ । एआई बोटको प्रयोगपछि कम्पनीले कर्मचारी कटौती गरेकोले यस वर्ष क्लार्नाको समग्र मुनाफा ४ करोडसम्म बढ्न सक्ने आशा गरिएको छ ।

कम्पनीले सन् २०२२ को सुरुमा कर्मचारीको लागत कटौती गर्न ७०० भन्दा धेरै कर्मचारीलाई निकालेको थियो । कम्पनीको अहिलेको माग एआईले धान्न सक्ने भएकोले तत्कालै कम्पनीले गैर–इञ्जिनियरिङ बाहेकको भूमिकामा मानव कर्मचारी भर्ना गर्न छाडेको छ । तर स्वतन्त्र युजरहरुको समीक्षामा भने क्लार्नाको एआई एसिस्टेन्समा अपग्रेड आवश्यक देखिएको बताइएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप