एआई बोटले ७०० मानिसको काम गरेपछि कम्पनीले निकाल्यो ७०० कर्मचारी
स्टकहोम । स्वीडेनको एउटा फिनटेक कम्पनी कृत्रिम बौद्धिकता आधारित बोटको प्रयोग सुरु गरेपछि सयौँ कर्मचारीलाई कामबाट निकालेको छ । एआई बोट एक्लैले ७०० कर्मचारीले गरिरहेको काम गर्न सक्ने भएपछि क्लार्नाले ७०० फूल टाइम कर्मचारीलाई निकालेको हो ।
क्लार्नाका अनुसार एआई च्याटबोटले २३ लाखभन्दा धेरै अन्तरक्रिया ह्यान्डल गरिरहेको छ । एआई बोटको प्रयोगपछि कम्पनीले कर्मचारी कटौती गरेकोले यस वर्ष क्लार्नाको समग्र मुनाफा ४ करोडसम्म बढ्न सक्ने आशा गरिएको छ ।
कम्पनीले सन् २०२२ को सुरुमा कर्मचारीको लागत कटौती गर्न ७०० भन्दा धेरै कर्मचारीलाई निकालेको थियो । कम्पनीको अहिलेको माग एआईले धान्न सक्ने भएकोले तत्कालै कम्पनीले गैर–इञ्जिनियरिङ बाहेकको भूमिकामा मानव कर्मचारी भर्ना गर्न छाडेको छ । तर स्वतन्त्र युजरहरुको समीक्षामा भने क्लार्नाको एआई एसिस्टेन्समा अपग्रेड आवश्यक देखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण