बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

डब्लूपीएल : गुजरात जायन्ट्सको लगातार तेस्रो हार

शनिबार, १९ फागुन २०८०, ०६ : १८
शनिबार, १९ फागुन २०८०

बैंग्लुरु । वुमन्स प्रिमियर लिगमा गुजरात जायन्ट्सले लगातार तेस्रो हार बेहोरेको छ। शुक्रबार भएको खेलमा टोली युपी वारियर्ससँग ६ विकेटले पराजित भएको हो । गुजरातले लिगमा अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन।

बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा युपीले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङको क्रममा गुजरात जायन्ट्सले २० ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको थियो । जवाफमा युपी वारियर्सले १५.४ ओभरमा ४ विकेटले लक्ष्य पछ्यायो ।

युपीका लागि ग्रेस ह्यारिसले ३३ बलमा ६० रनको शानदारी पाली खेलिन् । उनलाई कप्तान एलिसा हिलीले २१ बलमा ३३ रन बनाउँदै साथ दिइन् । गुजरातकी तनुजा कवरले २ तथा मेघ्ना सिंह र क्याथरिन ब्राइसले १–१ विकेट लिइन् ।

यसअघि फोबी लिचफिल्ड र एस्ली गार्डनरको क्रमशः ३५ र ३० रनको मद्दतले गुजरातले ५ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । त्यस्तै, ओपनर लाउरा वुल्भार्टले २८ रनको योगदान दिइन् । युपीकी सोफी एक्लिस्टोनले ३ विकेट लिइन् । 

युपी वारियर्स अङ्क तालिकाको तेस्रो स्थानमा छ । ४ खेलपछि २ जितसहित ४ अङ्क जोडेको छ । गुजरातबाहेक सबैको ४ अङ्क छ । राम्रो रन रेटका कारण गुजरातले मुम्बईलाई पछि तेस्रो स्थानमा राखेको छ। गुजरात शून्य अङ्कका साथ अन्तिम स्थानमा छ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप