८ खेलाडीमा सीमित लाजियो मिलानसँग पराजित
शनिबार, १९ फागुन २०८०, ०९ : ०७
रोम । तीनजना खेलाडीले रातो कार्ड पाएपछि लाजियो इटालियन सिरी ए मा एसी मिलानसँग पराजित भएको छ । नोआ ओकाफोरले ८८ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बनेको थियो ।
यसअघि खेलको ५७ औँ मिनेटमा दोस्रो पहेँलो कार्ड खाँदै लुका पेलेग्रिनी मैदान छाड्न बाध्य बनेका थिए । यसको फाइदा उठाउँदै ओकाफोरले खेलको अन्तिम समयमा मिलानका लागि विजयी गोल गरे । इन्जुरी समयमा एडमा मारुसिच र माटेयो गुएनडोजीले रातो कार्ड पाएका थिए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मिलान ६ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए भने लाजियोका अन्य तीन खेलाडी पनि बुकिङमा परेका थिए । जीतपछि मिलान अङ्क तालिकाको शीर्ष स्थानमा रहेको इन्टर मिलानभन्दा १३ अङ्कले पछि तेस्रो स्थानमा रहेको छ । लाजियो नवौँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण