हाफ टाइममै हटाइए एम्बाप्पे, रोकियो पीएसजी
पेरिस । स्टार स्ट्राइकर किलियान एम्बाप्पेलाई हाफ टाइममा हटाउँदा साबिक विजेता पेरिस सेन्ट जर्मेन मोनाकोसँग गोलरहित बराबरीमा रोकिएको छ ।
म्यानेजर लुइस एनरिकेले हाफ टाइमपछि उनको स्थानमा कोलो मुनाईलाई मैदानमा पठाएका थिए । सब्सटिच्युट गरिएपछि एम्बाप्पेले बाँकी खेल आमासँग स्ट्यान्डमा बसेर हेरेका थिए ।
२ सय ४४ गोलसहित पीएसजीका सर्वाधिक गोलकर्ता रहेका एम्बाप्पेले यो सिजनको अन्त्यमा स्पेनिस क्लब रियल मड्रिडसँग अनुबन्ध गर्ने सहमति गरिसकेका छन् । ‘यो शत प्रतिशत प्रशिक्षकको निर्णय हो । ढिलो चाँडो हामी किलियान बिना खेल्ने बानी बसाल्नुपर्छ,’ एनरिकेले भने, ‘मैले टोलीको राम्रोका लागि यो निर्णय लिएको हुँ ।’
२५ वर्षीय खेलाडी हाफटाइमपछि ट्रयाक सुटमा देखिएका थिए । त्यसपछि आफ्ना समकक्षीसँग बसेर खेल हेर्नुको साटो उनी आफ्नो परिवारसँग बस्न स्ट्यान्डमा पुगेका थिए ।
बराबरीका बाबजुद पीएसजीले लिग वानको शीर्ष स्थानमा १२ अङ्कको अग्रता बनाएको छ । एक खेल कम खेलेको ब्रेस्ट ४३ अङ्कसहित दोस्रो स्थानमा छ । ४२ अङ्कसहित मोनाको तेस्रो स्थानमा छ । पीएसजीले अब मंगलबार च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा रियल सोसिडाडको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण