नामिबियाविरुद्धको खेलमा बाहिर बसेका भुर्तेल नेदरल्याण्ड्सविरुद्ध मैदानमा
काठमाडौँ । नामिबियाविरुद्धको दोस्रो खेलमा बेञ्चमा बसेको ओपनर कुशल भुर्तेल नेदरल्याण्ड्सविरुद्धको महत्वपूर्ण खेलमा भने मैदान फर्किएका छन् । पछिल्ला खेलहरुमा लगातार खराब प्रदर्शन गर्दै आएका भुर्तेलको स्थानमा नामिबियाविरुद्धको खेलमा अनिल शाह आएका थिए ।
तर, शाहले पनि अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि भुर्तेल पुरानै स्थानमा फर्किएका हुन् । आजको खेलमा नेपाल जसरी पनि जित्नैपर्ने दबाबमा छ । आज नेदरल्याण्ड्सविरुद्ध हार ब्यहोरेको खण्डमा नेपाल फाइनल यात्राबाट योगफलका आधारमा लगभग बाहिरिनेछ । नेपाललाई फाइन पुग्न नामिबियाको रनरेटमा भर पर्नुपर्ने हुन्छ ।
नेदरल्याण्ड्सविरुद्धको खेलमा टोलीमा भुर्तेलसहित कप्तान रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अभिनास बोहोरा, करण केसी, गल्सन झा, सोम्पाल कामि र प्रतिस जिसी छन् । ट्राइनेसन सिरिजको आफ्नो अन्तिम खेलमा नेदरल्याण्ड्ससँग टस हारेर नेपालले फिल्डिङ गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण