पोखरामा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
शनिबार, १९ फागुन २०८०, १२ : ३८
पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखरा ७ बुलौंदी ओरालोमा हल्लनचोक बाट जिरो तर्फ गुडिरहेको बा.प्र ०२-०३४ प ५६२१ नम्बरको बुलेट मोटरसाइकल सडक बिचमा रहेको डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा कैलालि सोरहनपुर गाउँपालिका ३ घर भएका २८ वर्षका महेस आचार्य र जानकी गाउँपालिका ३ बस्ने ३० वर्षका सैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो । उनीहरु दुर्घटनामा गम्भिर घाइते भएका थिए । दुवैजनालाई गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका वैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।
मोटरसाइकल प्रहरी नियन्त्रणमा छ । दुवै जनाको शव पोष्ट मार्टमको लागि गण्डकी अस्पतालमा राखिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण