पोखरामा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
शनिबार, १९ फागुन २०८०, १२ : ३८

पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखरा ७ बुलौंदी ओरालोमा हल्लनचोक बाट जिरो तर्फ गुडिरहेको बा.प्र ०२-०३४ प ५६२१ नम्बरको बुलेट मोटरसाइकल सडक बिचमा रहेको डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा कैलालि सोरहनपुर गाउँपालिका ३ घर भएका २८ वर्षका महेस आचार्य र जानकी गाउँपालिका ३ बस्ने ३० वर्षका सैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो । उनीहरु दुर्घटनामा गम्भिर घाइते भएका थिए । दुवैजनालाई गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका वैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।
मोटरसाइकल प्रहरी नियन्त्रणमा छ । दुवै जनाको शव पोष्ट मार्टमको लागि गण्डकी अस्पतालमा राखिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो
-
एक महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे ४४ हजार पर्यटक
-
प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको अभियान
-
बहुआयामिक प्रदीप नेपाल उर्फ सञ्जय थापा
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
हेटौँडामा भूगर्भविद्को १० घण्टा : जमिनमुनि मेटल डिटेक्ट, पुरिएको गाडी हुनसक्ने अनुमान