पर्साको सखुवा प्रसौनीमा बाघ मृत भेटियो
वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा पाटे बाघ मृत भेटिएको छ । सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर २ रामभौरीस्थित एउटा बाघ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
श्री दिपनारायण आदर्श स्कुलको ३०० मिटर पूर्व खाली खेतमा बाघ मृत भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जनाए ।
उनका अनुसार आज बिहानको खेतमा बाघ मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । घटनाबारे जानकारी प्राप्त भए लगत्तै प्रहरी चौकी रङ्गपुर टाँडी र इलाका प्रहरी कार्यालय एकटाङ्गको टोली र वन कार्यालयको टोली घटनास्थल पुगेको प्रहरीले बताएको छ ।
‘के कारणले बाघको मृत्यु भएको हो, त्यसबारे आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ’ इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले भनेको छ ।
यसैबिच आज बिहान बाघको आक्रमणबाट पटेर्वा सुगौलीमा एकजना वृद्ध घाइते भएका छन् । पटेर्वा सुगौली २ रङ्गपुर निवासी ६५ वर्षीय रामेश्वर राउत कुर्मी घाइते भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।
बाघको आक्रमणबाट कुर्मीको छाती, घुँडासहित शरीरका विभिन्न भागमा चोट लागेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण