ग्लेन, रचिनको दमदार प्रदर्शन, अस्ट्रेलियाविरुद्ध न्युजिल्याण्डको खेल रोमाञ्चक मोडमा
वेलिङ्टन । अस्ट्रेलिया र आयोजक न्युजिल्याण्डबिचको दुई टेस्टको शृङ्खलाको पहिलो खेल वेलिंगटनमा खेलिँदैछ । दोस्रो दिनसम्म अस्ट्रेलियाले खेल नियन्त्रणमा लिएको थियो तर तेस्रो दिन अलराउन्डर ग्लेन फिलिपको उत्कृष्ट बलिङका कारण न्युजिल्यान्डले कङ्गारु टोलीलाई दोस्रो इनिङ्समा १६४ रनमा अलआउट गर्यो ।
अस्ट्रेलियाले पहिलो इनिङ्समा ३८३ रन बनाएको थियो भने न्युजिल्यान्डलाई १७९ रनमा अलआउट गरेको थियो । दोस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाका दुई ब्याट्सम्यान १२ रनमा मात्रै आउट भएका थिए ।
यसपछि तेस्रो दिनको चिया ब्रेकअघि नै अस्ट्रेलियाको इनिङ्स १६४ रनमा समेटिएको थियो । यसै क्रममा न्युजिल्यान्डका ग्लेन फिलिपले अस्ट्रेलियाका पाँच ब्याट्सम्यानलाई पभिलियन फर्काए ।
तर, न्युजिल्याण्डको दोस्रो इनिङ्सको सुरुवात पनि राम्रो भएन र चिया ब्रेकअघि नै एक विकेट गुमाएको थियो । चिया ब्रेकपछि न्युजिल्यान्डले २४ रनको अन्तरमा थप दुई विकेट गुमाएको थियो ।
त्यसपछि रचिन रवीन्द्रले एक छेउबाट अडिग रहँदै अविजित अर्धशतकीय पाली खेले । तेस्रो दिनको खेल समाप्त हुँदा न्युजिल्यान्डले तीन विकेटमा १११ रन बनाएको थियो र जितका लागि अझै २५८ रन बनाउन बाँकी छ । अस्ट्रेलियाले यसअघि नै तीन खेलको टी–२० सिरिज ३–० ले जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण