जेमिनी एआईको विफलतापछि सुन्दर पिचाइले देलान् राजीनामा ?
काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय सर्च इन्जिन कम्पनी गुगल र बहुराष्ट्रिय प्रविधि कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाइले आफ्नो पदबाट राजीनामा दिन सक्ने देखिएको छ ।
गुगलको च्याटटूल वार्ड र जेमिनीको असफलता अनि त्यसपछि उत्पन्न भएका विवादपछि पिचाइमाथि पद छाड्न दबाब बढेको विश्लेषणहरू आइरहेको छ । च्याटजीपीटीलाई टक्कर दिन गुगलले जेमिनी ल्याएको थियो । यसले नयाँ विवाद सिर्जना गरेको छ । यति बेला सुन्दर पिचाइले राजीनामा दिए भने यसको मुख्य कारक जेमिनीको असफलता नै हुनेछ ।
जेमिनीको इमेज टूलबाट सुरु भएको थियो बबाल
जेमिनीको एआई इमेज बनाउने टूलले केही ऐतिहासिक वस्तुहरूको गलत चित्र बनाइदियो । यस बाहेक टूलले केही रंगभेदी तस्बिरहरू पनि बनाएको थियो । यसबारे पनि निकै हङ्गामा भएको थियो । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले जेमिनीलाई जातिवादी नै भनेका थिए । यी विवादपछि गुगलले केही समयका लागि एआईबाट चित्र बनाउने फिचर नै हटाएको थियो । जेमिनीका कारण अप्ठ्यारो भएपछि पिचाईले आफ्ना कर्मचारीहरूलाई सम्बोधन गरेर ‘यो पूर्ण रूपमा अस्वीकार्य छ’ भनेर भनेका थिए ।
यो विवादका बिच गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्य नै घटेको थियो । गुगल वार्ड र जेमिनीको सुरुवातदेखि नै विवादमा परेको छ । गुगलले जेमिनीले बनाएको भन्दै एउटा भिडियो शेयर गरेको थियो । तर यो भिडियो जेमिनीले बनाएकै थिएन । ओपनएआई वा स्पेसएक्स जस्ता स्टार्टअपले यस्तो गल्ती गरे भने माफी दिन सकिन्छ तर गुगल जस्तो पुरानो र स्थापित कम्पनीबाट यस्तो गल्तीलाई माफी दिन नसकिने विज्ञहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण