बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जेमिनी एआईको विफलतापछि सुन्दर पिचाइले देलान् राजीनामा ?

आइतबार, २० फागुन २०८०, ११ : ३०
आइतबार, २० फागुन २०८०

काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय सर्च इन्जिन कम्पनी गुगल र बहुराष्ट्रिय प्रविधि कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाइले आफ्नो पदबाट राजीनामा दिन सक्ने देखिएको छ । 

गुगलको च्याटटूल वार्ड र जेमिनीको असफलता अनि त्यसपछि उत्पन्न भएका विवादपछि पिचाइमाथि पद छाड्न दबाब बढेको विश्लेषणहरू आइरहेको छ । च्याटजीपीटीलाई टक्कर दिन गुगलले जेमिनी ल्याएको थियो । यसले नयाँ विवाद सिर्जना गरेको छ । यति बेला सुन्दर पिचाइले राजीनामा दिए भने यसको मुख्य कारक जेमिनीको असफलता नै हुनेछ ।

जेमिनीको इमेज टूलबाट सुरु भएको थियो बबाल

जेमिनीको एआई इमेज बनाउने टूलले केही ऐतिहासिक वस्तुहरूको गलत चित्र बनाइदियो । यस बाहेक टूलले केही रंगभेदी तस्बिरहरू पनि बनाएको थियो । यसबारे पनि निकै हङ्गामा भएको थियो । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले जेमिनीलाई जातिवादी नै भनेका थिए । यी विवादपछि गुगलले केही समयका लागि एआईबाट चित्र बनाउने फिचर नै हटाएको थियो । जेमिनीका कारण अप्ठ्यारो भएपछि पिचाईले आफ्ना कर्मचारीहरूलाई सम्बोधन गरेर ‘यो पूर्ण रूपमा अस्वीकार्य छ’ भनेर भनेका थिए ।

यो विवादका बिच गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्य नै घटेको थियो । गुगल वार्ड र जेमिनीको सुरुवातदेखि नै विवादमा परेको छ । गुगलले जेमिनीले बनाएको भन्दै एउटा भिडियो शेयर गरेको थियो । तर यो भिडियो जेमिनीले बनाएकै थिएन । ओपनएआई वा स्पेसएक्स जस्ता स्टार्टअपले यस्तो गल्ती गरे भने माफी दिन सकिन्छ तर गुगल जस्तो पुरानो र स्थापित कम्पनीबाट यस्तो गल्तीलाई माफी दिन नसकिने विज्ञहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप