पूर्व सांसद राई सम्मानित
विराटनगर । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व प्रदेशसांसद सूयर्माराज राई नझरेका फूलहरु पलेँटी साँझद्वारा सम्मानित भएका छन् । उनलाई मोरङको विराटचोकमा शनिबार आयोजित कार्यक्रममा लुकेको प्रतिभाको रुपमा सम्मानित गरिएको हो ।
राई गीतकार र कवि पनि हुन् । नेपाली कला, साहित्य सङ्गीतका क्षेत्रमा बहुचर्चित गीत, अब्बल कविता र अनेकन् विधामा साहित्यिक रचनाहरुका माध्यमबाट राईले अतुलनीय योगदान दिएको आयोजकको दाबी छ । सकारात्मक सोच र सामाजिक सेवाका लागि निरन्तर सक्रिय भइ समाज रुपान्तर र सांस्कृतिक जागरणमा पनि राईले भूमिका खेलेको आयोजकले जनाएकाे छ ।
उनलाई ब्रिटिश गोर्खा धरानको पेइङ अफिसका कार्यकारी अधिकृत लक्ष्मी मादेन, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राई, युवा समाजसेवी दुष्यन्त भट्टराई र नझरेका फूलहरु पलेँटी साँझका परिकल्पना, व्यवस्थापन र प्रस्तोतासमेत रहेका केपी घिमिरेले सम्मान गरेका हुन् ।
राईले विद्यालय अध्ययनकै बेलादेखि कविता लेखन सुरु गरेका थिए । २०५८ सालमै पूर्वाञ्चलस्तरीय कवि गोष्ठीमा उत्कृष्ट पुरस्कार प्राप्त गरेका राईको ‘रीति’ नामक गीति एल्बम् पनि प्रकाशन भएको छ । उनका फुटकर लेख रचनाहरु पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।
नेपाली साहित्यमा एमएसम्म अध्ययन गरेका राईका बुबा सर्वधन राई र आमा सावित्री राईको निधन भइसकेको छ । मोरङ कानेपोखरी ५ स्थायी ठेगाना भएका राईको जन्म २०३६ साल जेठ ६ गते भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरू)
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण