ओली, रविसहितका नेताहरू प्रचण्डसँग छलफलका लागि बालुवाटारमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार पुगेका हुन् । ओली निकट स्रोतले आइतबार साँझ बालुवाटारमा प्रचण्डसँग छलफल भएको पुष्टि गर्यो ।
सत्ता गठबन्धनमा खटपट बढेपछि नेताहरूको तीव्र दौडधुप बढेको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने चर्चाका बिच राजनीतिक गतिविधि ह्वात्तै बढेको छ । यसअघि आइतबार बिहान ओली र प्रचण्डबिच भेट भएको थियो ।
आजै एमाले, माओवादी र कांग्रेसले आन्तरिक छलफल पनि गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग समेत छलफल गरेका छन् ।
राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिन नसकिने भन्दै माओवादीले एमालेसँग सहकार्यको हात अघि बढाएको छ । सोही बुझेर कांग्रेसले टीआरसीको विषयमा अड्को थापिसकेको छ । यस विषयमा छलफलका लागि थप समय चाहिने भन्दै कानुन समितिको बैठकमा थप समय मागेर कांग्रेसले टीआरसी लम्ब्याउने नीति लिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ नेतृत्व आइसक्दा पनि एनआरएनए विवादसम्बन्धी मुद्दा विचाराधीन
-
संस्था बचाउनका लागि एनआरएनए अध्यक्षमा मैले त्याग गरेँः शर्मा
-
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
-
कांग्रेस निकट महेश श्रेष्ठ एनआरएनए ‘एकता महाधिवेशन’बाट अध्यक्ष चयन, कार्यसमितिमा को–को ? (सूचीसहित)
-
प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
१४ बलको त्यो अद्भुत उपलब्धि...