ओली, रविसहितका नेताहरू प्रचण्डसँग छलफलका लागि बालुवाटारमा
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार पुगेका हुन् । ओली निकट स्रोतले आइतबार साँझ बालुवाटारमा प्रचण्डसँग छलफल भएको पुष्टि गर्यो ।
सत्ता गठबन्धनमा खटपट बढेपछि नेताहरूको तीव्र दौडधुप बढेको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने चर्चाका बिच राजनीतिक गतिविधि ह्वात्तै बढेको छ । यसअघि आइतबार बिहान ओली र प्रचण्डबिच भेट भएको थियो ।
आजै एमाले, माओवादी र कांग्रेसले आन्तरिक छलफल पनि गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग समेत छलफल गरेका छन् ।
राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिन नसकिने भन्दै माओवादीले एमालेसँग सहकार्यको हात अघि बढाएको छ । सोही बुझेर कांग्रेसले टीआरसीको विषयमा अड्को थापिसकेको छ । यस विषयमा छलफलका लागि थप समय चाहिने भन्दै कानुन समितिको बैठकमा थप समय मागेर कांग्रेसले टीआरसी लम्ब्याउने नीति लिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण