पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु, ५० जना घाइते
आइतबार, २० फागुन २०८०, २१ : २९
इस्लामावाद । पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् ।
उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तका अधिकारीहरूले आइतबार सञ्चारमाध्यमलाई यसबारे जानकारी गराएका छन् ।
वर्षा र बाढीले थुप्रै घरहरू भत्किएको र सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि यस क्षेत्रमा वर्षासँग सम्बन्धित घटनाहरूमा २३ जनाको मृत्यु भएको छ भने बाढीका कारण दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा ५ जनाको मृत्यु भएको छ।
घटनाको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले जनाएका छन् । -(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण