आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु, ५० जना घाइते

आइतबार, २० फागुन २०८०, २१ : २९
आइतबार, २० फागुन २०८०

इस्लामावाद । पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् । 

 उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तका अधिकारीहरूले आइतबार सञ्चारमाध्यमलाई यसबारे जानकारी गराएका छन् ।

वर्षा र  बाढीले थुप्रै घरहरू भत्किएको र सडक अवरुद्ध  भएको छ । बिहीबार रातिदेखि यस क्षेत्रमा वर्षासँग सम्बन्धित घटनाहरूमा २३ जनाको मृत्यु भएको छ भने बाढीका कारण दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा ५ जनाको मृत्यु भएको छ।  

घटनाको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले जनाएका छन् । -(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप