माओवादीले गठबन्धन टुटाए सहकार्य गर्न एमाले तयार
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढङ्गले छलफल गर्न तयार रहेको निष्कर्ष समेत निकालेको छ । ‘प्रधानमन्त्रीले अहिले भइरहेको गठबन्धनसँगको सहकार्य टुटाउन तयार हुनुपर्यो । उहाँ टुटाउन तयार हुनुभयो भने हामी नयाँ ढङ्गले छलफल गर्न तयार छौँ’, बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चारकर्मीलाई भने, ‘ सत्ता गठबन्धनमा सङ्कट बढेको छ केही नयाँ घटना विकास हुने सङ्केत देखिएको छ ।’
तर उनले नयाँ राजनीतिक समीकरण बन्ने नबन्ने कुरा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हातमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण