माओवादीले गठबन्धन टुटाए सहकार्य गर्न एमाले तयार

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढङ्गले छलफल गर्न तयार रहेको निष्कर्ष समेत निकालेको छ । ‘प्रधानमन्त्रीले अहिले भइरहेको गठबन्धनसँगको सहकार्य टुटाउन तयार हुनुपर्यो । उहाँ टुटाउन तयार हुनुभयो भने हामी नयाँ ढङ्गले छलफल गर्न तयार छौँ’, बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चारकर्मीलाई भने, ‘ सत्ता गठबन्धनमा सङ्कट बढेको छ केही नयाँ घटना विकास हुने सङ्केत देखिएको छ ।’
तर उनले नयाँ राजनीतिक समीकरण बन्ने नबन्ने कुरा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हातमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?