शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता समीकरण परिवर्तन

नयाँ सत्ता समीकरणका बारेमा लोसपा अनिर्णीत

सोमबार, २१ फागुन २०८०, १० : ३८
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वर्तमान सत्ता समीकरणको बारेमा अनिर्णीत देखिएको छ । लोसपा नेपालले  हालसम्म कुनै पक्षसँग छलफल गरेको छैन । वर्तमान एमाले–माओवादी समीकरणको बारेमा के गर्ने विषयमा आन्तरिक छलफल भइरहेको सो पार्टीका सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले बताए ।

उनले भने, ‘अहिलेको परिस्थितिको बारेमा कुनै पक्षसँग हाम्रो कुनै छलफल भएको छैन, अब हामी के गर्ने त्यस विषयमा आन्तरिक छलफलमा छौ ।’

वर्तमान सत्ता समीकरणमा माओवादी, एमाले, जसपा, जनमत, रास्वपाको नयाँ गठबन्धन बन्ने भएको छ । आजै नयाँ  मन्त्रिपरिषद् पनि गठन हुने बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप