राष्ट्रपति उम्मेदवारको दौडमा निक्की हेलीको पहिलो जित
वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति उम्मेदवारको दौडमा रहेकी निक्की हेलीले प्राइमरीमा पहिलो जित हासिल गरेकी छन् । रिपब्लिकन पार्टीको तर्फबाट वाशिङ्टन डीसीमा भएको राष्ट्रपति पदको प्राइमरीमा निक्कीले जित हात पारेकी हुन् ।
आइतबारको मतदानमा निक्कीको जितले तत्कालका लागि पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको विजयी बन्ने सिलसिला रोकिएको छ । यहि हप्ता मंगलबार अमेरिकाका १६ राज्यमा प्राइमरी मतदान हुँदैछ । यी मतदानमा ट्रम्पले धेरै प्रतिनिधिहरूको समर्थन जुटाउन सक्छन् । निक्की हेलीले यसअघि केही प्राइमरी हारिसकेकी छिन् ।
तर पनि उनले उम्मेदवारीको प्रतिस्पर्धा छाडेकी छैनन् । आफ्नो जितको बलियो सम्भावना रहेको स्थानका प्राइमरीबाट पछि हट्न उनले अस्वीकार गरेकी छिन् । गएको हप्ता गृहराज्य साउथ क्यारोलिनामा भएको प्राइमरीमा हेली ट्रम्पसँग पराजित भएकी थिइन् । मतदाताहरूलाई ट्रम्पको विकल्प आवश्यक भएको उनी बताउँदै आएकी छिन् । तर अहिलेसम्मको चुनावी अभियानमा ट्रम्प हावी देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण