सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ समीकरण

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

सोमबार, २१ फागुन २०८०, १२ : ४६
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणको बाटो राजेपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो । 

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीको नयाँ सत्ता समीकरणको उद्देश्य र प्रक्रियालाई हेरिरहेको बताए । ‘यसको उद्देश्य र प्रक्रियालाई हामी हेर्छौँ र आवश्यक निर्णय गर्छौँ । त्यसका निम्ति हामी आज दिउँसो ३ बजे पार्टी अध्यक्षको निवास, कोटेश्वरमा सचिवालय बैठक बस्दैछौ ,’ उनी भन्छन् । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, जनमत, नाउपा लगायतको नयाँ सत्ता समीकरण बनेको छ । योसँग कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नाउपा लगायतका दल सम्बद्ध गठबन्धन भत्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप