नयाँ समीकरण
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
सोमबार, २१ फागुन २०८०, १२ : ४६
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणको बाटो राजेपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीको नयाँ सत्ता समीकरणको उद्देश्य र प्रक्रियालाई हेरिरहेको बताए । ‘यसको उद्देश्य र प्रक्रियालाई हामी हेर्छौँ र आवश्यक निर्णय गर्छौँ । त्यसका निम्ति हामी आज दिउँसो ३ बजे पार्टी अध्यक्षको निवास, कोटेश्वरमा सचिवालय बैठक बस्दैछौँ ,’ उनी भन्छन् । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, जनमत, नाउपा लगायतको नयाँ सत्ता समीकरण बनेको छ । योसँग कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नाउपा लगायतका दल सम्बद्ध गठबन्धन भत्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण