आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
कांग्रेस बैठक

सत्ता विमुख कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

सोमबार, २१ फागुन २०८०, १२ : ५०
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । बदलिएको राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको धारणा तय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ । 

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार अपराह्न ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी रातोपाटीलाई दिए । बैठकको एजेण्डा भने तय भई नसकेको उनले बताए । ‘एजेण्डा बन्दैछ’ उनले भने ।

यसअघि आज बिहान बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठकमा सत्ता गठबन्धन फेरबदलबारे छलफल भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काएको आरोप लगाएका थिए ।

आगामी फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रले दाबी नछोडेपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको थियो । यसले कांग्रेसलाई प्रतिपक्षमा पुर्‍याएको छ भने नेकपा–एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड सरकारमा जोडिने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप