सत्ता विमुख कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
काठमाडौँ । बदलिएको राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको धारणा तय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार अपराह्न ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी रातोपाटीलाई दिए । बैठकको एजेण्डा भने तय भई नसकेको उनले बताए । ‘एजेण्डा बन्दैछ’ उनले भने ।
यसअघि आज बिहान बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठकमा सत्ता गठबन्धन फेरबदलबारे छलफल भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काएको आरोप लगाएका थिए ।
आगामी फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रले दाबी नछोडेपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको थियो । यसले कांग्रेसलाई प्रतिपक्षमा पुर्याएको छ भने नेकपा–एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड सरकारमा जोडिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण