सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

उपेन्द्र यादवलाई प्रधानमन्त्री प्रचण्डले राखे मन्त्रीको प्रस्ताव, यादवले भने- ‘यस्तो गल्ती नगर्नुस्’

सोमबार, २१ फागुन २०८०, १२ : ५९
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । नयाँ सत्ता समीकरण सुरु भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । सो मन्त्रीमण्डलमा गठबन्धन दलबाट एक–एक जना राख्ने उनले सोच बनाएका छन् । 

त्यसमध्ये उनले जसपाबाट उपेन्द्र यादवकै नाम राख्न चाहेका थिए । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले यादवलाई फोन गरेर सोधेका थिए, ‘अरु मन्त्रीहरुको बारेमा पछि सल्लाह गर्दै गरौँला अहिले तपाईंको नाम मन्त्रीमण्डलमा राख्दैछु के भन्नुहुन्छ ?’

बालकुमारीस्थित पार्टी कार्यालयमा उपलब्ध पदाधिकारीसँग यादवले छलफल गरिरहेकै बेला प्रचण्डले फोन गरेका थिए । त्यसको जवाफमा अध्यक्ष यादवले भने, ‘त्यस्तो गल्ती नगर्नुहोला, सरकारको बारेमा हाम्रो पार्टीमा अहिले कुनै छलफल भएको छैन, छलफलपछि निर्णय गरेर तपाईंलाई जानकारी गराइनेछ ।’

उनले आफू सरकारमा जान इच्छुक नरहेको पनि बताएका थिए । पार्टी बैठकमा पनि यादवले आफू सरकारमा जान नचाहेको कुरा राखेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । अध्यक्ष यादवलाई सरकारमा पठाउन पार्टीका नेताहरु पनि सकारात्मक देखिएका छैनन् । 

अध्यक्ष यादव यसअघिकै गठबन्धन सरकारमा जाने चर्चा पनि चलेको थियो । त्यसबेला प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डल हेरफेर गर्न लाग्दा जसपाका मन्त्री हटाउने कुरा उठेको थियो । त्यो ठाउँमा उपेन्द्र यादव जाने चर्चा पार्टीभित्र र बाहिर चलेको थियो ।  अहिले अध्यक्ष यादव प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नका लागि बालुवाटार गएका छन् ।  त्यहाँबाट फर्केपछि पार्टीमा छलफल हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप