शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

लोसपा ‘पर्ख र हेर’ को रणनीतिमा

सोमबार, २१ फागुन २०८०, १५ : ३४
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ सत्ता समीकरणबारे ‘वेट एण्ड सी’ (पर्ख र हेर) को रणनीति लिने भएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले ‘पर्ख र हेर’ को रणनीति लिने निर्णय गरेको हो ।

पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले आफूहरु अहिले पक्ष वा विपक्षमा कतै जाने निर्णय नगरी वेट एण्ड सीको अवस्थामा रहेको बताए । सरकार र गठबन्धनका बारेमा थप केही निर्णय लिनुपरे पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी दिइएको समेत उनले बताए ।

अहिले बनेको गठबन्धनले लोसपासँग कुरा गर्न चाहेमा त्यसको अधिकार अध्यक्ष ठाकुरलाई दिने बैठकले निर्णय गरेको छ ।  यद्यपि तत्कालै गठबन्धन तथा सरकारमा जाने वा विपक्षमा बस्ने भन्ने विषयमा कुनै पनि निर्णय नभएको शुक्लाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप