नयाँ सत्ता समीकरण
लोसपा ‘पर्ख र हेर’ को रणनीतिमा
सोमबार, २१ फागुन २०८०, १५ : ३४
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ सत्ता समीकरणबारे ‘वेट एण्ड सी’ (पर्ख र हेर) को रणनीति लिने भएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले ‘पर्ख र हेर’ को रणनीति लिने निर्णय गरेको हो ।
पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले आफूहरु अहिले पक्ष वा विपक्षमा कतै जाने निर्णय नगरी वेट एण्ड सीको अवस्थामा रहेको बताए । सरकार र गठबन्धनका बारेमा थप केही निर्णय लिनुपरे पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी दिइएको समेत उनले बताए ।
अहिले बनेको गठबन्धनले लोसपासँग कुरा गर्न चाहेमा त्यसको अधिकार अध्यक्ष ठाकुरलाई दिने बैठकले निर्णय गरेको छ । यद्यपि तत्कालै गठबन्धन तथा सरकारमा जाने वा विपक्षमा बस्ने भन्ने विषयमा कुनै पनि निर्णय नभएको शुक्लाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण