विदेशमै रहँदा गयो श्रममन्त्रीको पद
काठमाडौँ । सत्ता समीकरण फेरिएसँगै मन्त्रीहरू समेत नयाँ बनेका छन् । यसअघिका सरकारका सबै मन्त्री फिर्ता भइसकेका छन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले विना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याललाई शपथ खुवाएका हुन् ।
नेपालमा सत्ता समीकरण नै परिवर्तन भइरहेका बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी भने विदेशमा थिए । यूएई भ्रमण सकेर नेपाल फर्किने क्रममा छन् । उनी नेपाल आईनपुग्दै सत्ता समीकरण फेरिएपछि उनको पद पनि गएको हो । विदेशमै रहँदा उनी पदमुक्त भएका हुन् ।
मन्त्री भण्डारी सहितको नेपाली प्रतिनिधिमण्डलको टोली ‘दुबई रोजगार मेला’ को उद्घाटन गर्न यूएई पुगेको थियो । उनी नेपाल फर्किन नपाउँदै पदमुक्त हुन पुगेका हुन् ।
लोकतान्त्रिक समाजवादी पाटी नेपाल (लोसपा) बाट १६ चैत २०७९ मा भण्डारी १९ औँ पटक मन्त्री बनेका थिए । श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पदमुक्त हुने क्रममा उनी विवादमा तानिएका थिए । अभिमुखीकरण तालिम शुल्क बढाएको, अनलाइन सफ्टवेयरका लागि वैदेशिक रोजगार बोर्डबाट १० करोड रुपैयाँ छुट्याएको, फ्री भिजा फ्री टिकट कार्यान्वयन गर्न नसकेको लगायतका विषयमा उनी विवादमा तानिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण