नयाँ गठबन्धनमा सहभागी हुने दल टुङ्गो लगाएर मात्र मन्त्रालय बाँडफाँट गरिने
काठमाडौँ । नयाँ गठबन्धनमा सहभागी हुने दलको टुङ्गो लागेपछि मात्र कुन दलले कति मन्त्रालय पाउने टुङ्गो लगाइने भएको छ । सोमबार राति बसेको गठबन्धन बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सो जानकारी दिएका हुन् ।
‘अहिले नै मन्त्रालय बाँडफाँटको विषयमा प्रवेश गर्दा अरूलाई सामेल गर्ने कुरा रोकिन्छ,’ पोखरेलले भने, ‘हामीलाई मन्त्रालय बाँडफाँडको कुरा ठुलो छैन । यो सजिलै टुङ्गाउन सकिन्छ । गठबन्धनमा समावेश हुने अन्य राजनीतिक दललाई संवादमा ल्याएर हामी छिट्टै टुङ्ग्याउँछौँ ।’
नयाँ गठबन्धनका चार राजनीतिक दलबिच सत्ता सहकार्यका लागि ८ बुँदे सहमति भएको छ । सहमतिमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी, नेपालले हस्ताक्षर गरेका छन् ।
सहमतिमा सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने उल्लेख छ । त्यस्तै सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने पनि सहमति भएको छ ।
नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने पनि भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण