छोराछोरीले नै गराए फिल्म निर्देशक लामिछानेको पुनर्विवाह
काठमाडौँ । फिल्म निर्देशक गोपालचन्द्र लामिछानेले २५ औँ वैवाहिक वर्षगाँठको छेकोमा पत्नी गीतासँग पुनर्विवाह गरेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरको हिन्दूबौद्ध मन्दिरमा उनले शनिबार विवाह गरेका हुन् । छोरी मोनिका र छोरा मौलिकले बाबुआमाको पुनर्विवाह गराइदिएका हुन् । लामिछानेले ‘लम्फु’, ‘बोक्सी’ लगायतका फिल्म निर्देशन गरेका छन् ।
परिवार विघटन र सम्बन्ध विच्छेदजस्ता घटना बढिरहेको बेला लामिछानेको पुनर्विवाहले सकारात्मक सन्देश प्रवाह गर्न खोजेको विवाहमा सहभागी बताउँछन् । ‘१८ वर्ष नपुग्दै अभिभावकको साथ छाड्ने अमेरिकी समाजमा लामिछानेको पुनर्विवाहले सकारात्मक सन्देश फिल्मकर्मी सुमन दाहालले बताए ।
लामिछाने दम्पतीको पुनर्विवाहमा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीसहित कलाकारको बाक्लो उपस्थिति थियो । कलाकार प्रेमराजा महत, राजबल्लभ कोइराला, ऋचा घिमिरे, उषा पौडेल, अरुणिमा लम्साल, भावु लम्साल, राहुल केसी लक्ष्मण पौडेल, प्रवेश उप्रेती, उद्धव भट्टराई, शंकर घिमिरे, बाबुराम ढकाल, दिनेश कार्की लगायतले शुभकामना दिए ।
लामिछाने यसअघि चलचित्र निर्देशक समाजको सदस्य, सह–कोषाध्यक्ष हुँदै महासचिव समेत रहिसकेका छन् । उनी अन्तर्राष्ट्रिय पर्वत समाजका सल्लाहकार, इनासका प्रवक्ता र पर्वत समाज अमेरिकाका सल्लाहकार हुन् ।
गोपालले लेखेका धेरै नाटकमा गीताले समेत अभिनय गरेकी छन् । कतिपय नाटकमा उनीहरुले एकसाथ अभिनय समेत गरेका थिए । विवाहपछि आफूलाई कलाक्षेत्रमा समर्पित हुन पत्नी गीताले दिएको योगदानको गोपाल मुक्तकण्ठले प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण