सेफिल्डको पोष्टमा आर्सनलको आधा दर्जन गोल
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार सातौँ जित हासिल गरेको छ । आर्सनलले सोमबार राति खेलिएको खेलमा सेफिल्ड युनाइटेडलाई ६–० गोलले हरायो ।
जितसँगै आर्सनलले म्यानचेस्टर सिटीसँगको दूरीलाई एक र लिग लिडर लिभरपुलसँगको दुरीलाई दुई अंकमा झारेको छ । आर्सनलले पहिलो हाफमा पाँच र दोस्रो हाफमा एक गोल गरेको थियो ।
खेल सुरु भएको पाँचौँ मिनेटमै आर्सनलका लागि मार्टिन ओडेगार्डले पहिलो गोल गरेका थिए । १३औँ मिनेटमा सेफिल्डका जेडन बोग्लीबाट आत्मघाति गोल भएपछि आर्सनल २–० ले अगाडि बढेको थियो ।
निर्धारित समयको १५औँ मिनेटमा आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले तेस्रो गोल गरेका थिए । आर्सनलका लागि चौथो गोल २५औँ मिनेटमा काई ह्याभेर्जले थपेका थिए ।
यसैगरी निर्धारित समयको ३९औँ मिनेटमा डेल्कन राइसले पाँचौँ गोल गरेका थिए । खेलको ५८औँ मिनेटमा आर्सनलका लागि बेन ह्वाइटले छैटौँ तथा अन्तिम गोल गरेका थिए ।
हालसम्म २७ खेल खेलेको लिभरपुल ६३ अंकसहित तालिकाको पहिलो स्थानमा छ । समन खेल खेलेका म्यानचेस्टर सिटी ६२ अंकसहित दोस्रो र आर्सनल ६१ अंकसहित तेस्रो स्थानमा आसिन छन् ।
समान खेल खेलेको सेफिल्ड युनाइटेड भने १३ अंकसहित तालिकाको सबैभन्दा तल छ । हाल लुटन टाउन, बर्नली र सेफिल्ड युनाइटेड रेलिगेसनको क्षेत्रमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण