कांग्रेसले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने कार्यसम्पादन समितिको बैठकबाट कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट तीन वटा निर्णय हुने रातोपाटीलाई बताए ।
‘आज हामीले तीन वटा निर्णय गर्छौँ,’ उनले भने, ‘सरकारबाट फिर्ता हुने, सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय लिने गर्छौँ ।’
आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा फर्किएका छन् । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी र रास्वपाबाट एक—एक जनालाई विना विभागीय मन्त्री बनाएका छन् । माओवादीले गठबन्धन बदलेपछि कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म आफ्नो रणनीति बनाउने भएको छ । माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र माओवादीका मन्त्री बर्खास्त गर्ने नीति लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण