यसकारण महिला र पुरुष हुन्छन् भिन्नः यस्ता छन् रोचक तथ्य
हामी सबैलाई थाहा छ, महिला र पुरुषको शारिरिक बनावट एक अर्काबाट भिन्न हुन्छ । यस्ता विभिन्न कुराहरु हुन्छन् जसले महिला र पुरुषलाई भिन्न बनाएको हुन्छ । साक्स लिओनार्डको किताब ‘Why gender matters’ ले यस्ता तथ्यबारे जानकारी दिएको छ जसबारे धेरैले सोचेका पनि छैनन् होला । तर यसलाई गहिरिएर अध्ययन गर्ने हो भने यसबारे थाहा पाउन सकिन्छ । जस्तै एक रोचक तथ्य छ । जसमा पुरुष महिलाको तुलनामा रङको विविधताबारे कम थाहा पाउँछन् । उनीहरु खासमा यसलाई देख्नै सक्दैनन् । अर्थात्, एक महिला कुनै रङको जति विविधता देख्छिन् पुरुषले त्यसको आधा पनि देख्न सक्दैनन् । यसको कारण हो उनीहरुको रेटिनाको बनावट । आँखामा भएको रेटिना कोन सेल्सका कारण हामी रङ देख्न सक्छौं । यो महिलामा पुरुषभन्दा दोब्बर बढी हुन्छ । त्यसकारण, उनीहरु एकै कलरमा पुरुषभन्दा धेरै विविधता देख्न सक्छन् ।
आउनुहोस्, यस्तै पाँच रोचक तथ्यबारे जानकारी लिऔंः
१. पुरुष धेरै दिनसम्म जवान देखिन्छन् । महिलाको छालाबाट कालेजन नामक तत्व चाँडै नै कम हुन्छ जसका कारण चाँडै र धेरै चाउरी पर्छ ।
२. पुरुष हर्मोनले बिस्तारै नयाँ कपाल उमार्न बन्द गर्छ त्यसैले उमेरसँगै पुरुषको कपाल झर्दै जान्छ । महिलामा भने यस्तो समस्या हुँदैन ।
३. २० प्रतिशत पुरुषले महिलामा हुने महिनावारीजस्तै लक्षण अनुभव गर्दछन् । जस्तैः रिस उठ्नु, पेट दुख्नु, धेरै भोक लाग्नु आदि ।
४. पुरुषको छाला महिलाभन्दा २५ प्रतिशत बढि मोटो हुन्छ । उमेरसँगै यो पातलो हुन्छ तर महिलाको छाला भने एकनास रहन्छन् ।
५. पुरुष महिलाको तुलनामा रङका विविधता कम थाहा पाउँछन् । रङका विविधता आँखाको रेटिना कोन सेल्सका कारण देखिन्छ । जुन महिलामा पुरुषभन्दा दोब्बर हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण