छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली किन्दै बंगलादेश, नेपाल प्राथमिक्तामा
काठमाडौँ । बंगलादेशले छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली किन्ने प्रक्रिया अघि बढाएको छ । बंगलादेशका ऊर्जा तथा खनिज स्रोत मन्त्री नसरुल हमिदका अनुसार आन्तरिक माग धान्नका लागि छिमेकी मुलुकबाट ठूलो परिमाणमा बिजुली खरिद प्रक्रिया अघि बढाउने भएको हो ।
उनले बंगलादेश र भारतले आपसी सहकार्य गर्नका लागि पर्याप्त अवसर रहेको समेत बताए । ‘हामी छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली किन्न चाहन्छौँ,’ उनले भने, ‘नेपाल र भुटानबाट बिजुली आयातको प्रक्रियामा समेत अन्तिम चरणमा छ ।’
बंगलादेशको ढाका ट्रिब्यूनका अनुसार नेपाल र बंगलादेशबिच ४० मेगावाट बिजुली किनबेचको सम्झौता आगामी महिना हुने सूचना भारतीय पक्षलाई मन्त्री हमिदले दिइसकेका छन् । यसबाहेक, भारतको जीएमआरमार्फत नेपालबाट ५०० मेगावाट बिजुली किन्ने प्रक्रिया समेत अन्तिम चरणमा छ ।
भारतीय कम्पनीको माध्यमबाट नेपालबाट किन्ने ५०० मेगावाट बिजुली नवीकरणीय ऊर्जा हो । बंगलादेशले भारतको मेघालयम, त्रिपुरा र आसामको प्रसारणलाइन प्रयोग गरेर बिजुली किन्नेगरी छलफल गरिरहेको छ । ‘हामी छिमेकी मुलुकसँगको कनेक्टिभिटीलाई जोड्न चाहन्छौँ,’ मन्त्रीले भने, ‘यसका लागि भारतीय सहकार्य चाहिन्छ ।’
भारतले नेपालसँग हुने बिजुली किनबेचका लागि ‘डेडिकेटेड प्रसारणलाइन’ निर्माणमा सहयोगी भूमिका खेल्नेमा बंगलादेश आसाबादी रहेको बताइएको छ । यसबाट भारतलाई समेत फाइदा पुग्ने बंगलादेशको आँकलन छ । -ढाका ट्रिब्यूनबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण