पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो ।
विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा राखिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । २०७६ देखि २०८० मङ्सिर १६ गते सम्ममा पाथीभरामा पाँच हजार २९८ तोला १२ लाल चाँदी सङ्लन भएको र त्यसलाई पनि बिक्री गर्ने प्रक्रिया प्रारम्भ गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रचिन हाङपाङले बताए ।
कार्यकारी निर्देशक हाङपाङका अनुसार प्रतितोला सुनको मूल्य रु एक लाख २१ हजार र प्रतितोला चाँदीको मोल रु एक हजार ४१० कायम गरिएको छ । सुनचाँदी खरिद गर्न इच्छुक फर्म वा व्यक्तिलाई २१ दिनको समय दिएर बोलपत्र आह्वान गरिएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी बडादसैँ र वसन्त ऋतुमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैते दसैँमा पनि धेरै देवीभक्त यहाँ आउने गर्दछन् । भारतका साथै अन्य देशबाट पनि भक्तजन यहाँ आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरू)
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण