कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन : महामन्त्री शर्मा
बुधबार, २३ फागुन २०८०, ०८ : २४
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर नगरेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत उनले अमुक व्यक्तिलाई प्रधानमन्त्री अफर गरेकोबारे प्रश्नहरू आएको भन्दै उनले कसैलाई कुनै प्रस्ताव नगरिएको बताए ।
महामन्त्री शर्माले नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिका निभाउन नेपाली कांग्रेस तयार रहेको पनि बताए ।
शर्माले लेखेका छन्– 'नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्य गर्न शुभकामना । नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिका तयारीमा छौँ हामी । केही पत्रकार मित्र सोधिरहनु भएको छ– के कांग्रेसले फलानालाई प्रधानमन्त्री अफर गरेको हो ? स्पष्ट गरौँ- कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण