सार्क कार्यक्रम समितिको बैठक काठमाडौँमा सुरु
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५९ औँ बैठक आजदेखि सुरु भएको छ । काठमाडौँमा भएको समितिको सो बैठकमा सार्क सदस्य राष्ट्रका विदेश मन्त्रालयका सहसचिव र महानिर्देशकहरुको सहभागिता रहेको छ ।
अध्यक्ष राष्ट्रको नाताले यो समितिको बैठक नेपालमा बसेको हो । सार्क सचिवालयको संयोजनमा सुरु भएको यो बैठकमा सार्क शिखर सम्मेलन, सार्क राष्ट्र बिचको सम्बन्धलगायतका विषयमा छलफल हुने बताइएको छ । १० वर्षदेखि सार्क संगठनको शिखर सम्मेलन हुन सकेको छैन । सन् २०१४ मा शिखर सम्मेलन भएको थियो । त्यसयता सम्मेलन भएको छैन ।
सन् २०१६ मा पाकिस्तानमा सम्मेलन गर्ने तय भएको थियो । तर त्यसअघि नै भारत–पाकिस्तानबिच लफडा भएपछि सम्मेलन नै प्रभावित भएको हो । नेपालको तर्फबाट पटक–पटक सम्मेलन गराउनका लागि प्रयास भएको थियो तर भारतले इच्छा नदेखाएपछि सो सम्मेलन हुन सकिरहेको छैन ।
परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले सार्क देशका साझा लक्ष्य पछ्याउनका लागि यो बैठक महत्वपूर्ण हुने बताइन् । बैठकले संगठनभित्र नयाँ प्रेरणाको विकास गर्ने बताउँदै उनले सार्क देशहरुको बिचमा नयाँ ढंगले सम्बन्ध स्थापितमा भूमिका खेल्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण