मन्त्री पुनलाई स्वागत गर्दै सचिव कृष्णहरि पुष्करले भने– मन्त्री ज्यूको एक निर्देशनमा २४ सै घण्टा हाजिर हुन तयार छौँ
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई मन्त्रालयमा स्वागत गर्दै सचिव कृष्णहरि पुष्करले अर्थ मन्त्रालय, कर्मचारी बिउरो मन्त्रीलाई साथ र सहयोग गर्न तयार रहेको बताएका छन् ।
‘तपाईलाई मन्त्रीको रूपमा पाउँदा हामी निकै खुसी छौँ । हामी कर्मचारी तन्त्र सबै साथीहरू तपाईलाई साथ र सहयोग गर्न तयार छौँ,’ पुष्करले भने,‘मन्त्री ज्यूको एक निर्देशनमा २४ सै घण्टा हाजिर हुन तयार छौँ ।’
सोही अवसरमा सचिव पुष्करले अर्थतन्त्र केही सुधारउन्मुख भएपनि अझै समस्यामा नै रहेको बताउँदै उद्योग व्यवसायी तथा निजी क्षेत्रलाई साथमा लिएर राजस्व वृद्धिमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री पुनलाई स्वागत गर्दै गभर्नर महाप्रसाद अधिकारीले सुधारात्मक अर्थतन्त्रमा अझै केही आन्तरिक दबाब कायमै रहेको र मन्त्री पुनको सक्रियता र सहभागिताले सुधार हुनेमा आफू आशावादी रहेको बताए ।
पदभार ग्रहण गर्दै मन्त्री पुनले सबैको साथ र सहयोग लिँदै निजी व्यावसायिक क्षेत्रको समेत आत्मबल बढाउने गरी आफू काममा लाग्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
-
हर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण