सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गरिँदै

बुधबार, २३ फागुन २०८०, २१ : ४३
बुधबार, २३ फागुन २०८०

सुर्खेत । जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गरिने भएको छ । त्यसका लागि भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान र कार्यक्रम सञ्चालन गरिने स्थानीय तहबिच बुधबार सम्झौता भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा तालिम सम्बन्धी छलफल भई हस्ताक्षर गरिएको छ ।

छेडागाड नगरपालिका, चौरजहारी नगरपालिका, बारेकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका र दार्मा गाउँपालिकाबाट प्रत्येक पालिकाबाट १२ जनाका दरले डकर्मीको लागि कार्यगत तालिम सञ्चालन गर्न लागिएको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक विष्णु प्रसाद कोइरालाले जानकारी दिए ।  

उनका अनुसार प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र सल्यानका सबै स्थानीय तहका जनप्रतिनिधिको पनि सहभागिता हुनेछ । डकर्मीलाई दिइने तालिम २० दिनको हुनेछ । 

भवन पुनर्निर्माणका विधि, भूकम्प प्रतिरोधी डिजाइनका सिद्धान्त र भूकम्प प्रतिरोधी अभ्यासको क्षमता विकास सम्बन्धी तालिम दिइने छ ।

तालिमका लागि १ करोड ४६ लाख बराबरको रकम खर्च हुने पनि बताइएको छ ।

भूकम्प प्रतिरोधी भवन निर्माण संहिता निर्माणमा समेत कार्यक्रमबाट सहयोग मिल्ने भूकम्प प्रविधि र राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले बताए ।

कार्यक्रममा मुख्यमन्त्री राजकुमार शर्माले जाजरकोट भूकम्पलाई अवसरका रुपमा उपयोग गरेर जानुपर्ने बताए ।

साथै शर्माले खोज उद्धार र राहतको काम प्रभावकारी भएपनि संघीय सरकारले कार्यविधि बनाउने लगायतका विषयमा ढिलाइ गरिरहेकोले पुनर्निर्माणमा समस्या भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप