मुख्यमन्त्री जम्कट्टेलको काँधमा ६ मन्त्रालय
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको काँधमा थप ६ मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ । बुधवार सरकारबाट नेपाली कांग्रेस बाहिरिएसँगै कांग्रेसका मन्त्रीहरूले सम्हाल्दै आएको ६ मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री जम्कट्टेलको काँधमा आएको छ ।
सत्ता साझेदार दलको रूपमा रहेको कांग्रेसले बुधवार सरकारको समर्थन फिर्ता गर्दै आफ्ना ६ मन्त्रीको सामूहिक राजीनामा मुख्यमन्त्री जम्कट्टेल समक्ष बुझाएको थियो । उनीहरुले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका थिए ।
जम्कट्टेल नेतृत्वको सरकारका मौजुदा मन्त्रिपरिषद्बाट कांग्रेसका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामा, खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री तीर्थबहादुर लामा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन, स्वास्थ्य मन्त्री उत्तम जोशी र वन तथा वातावरण मन्त्री मसिना खड्काले सामूहिक राजीनामा दिएका थिए ।
सोहीअनुसार मुख्यमन्त्री जम्कट्टेलले कार्य विभाजन गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रमाणीकरणका लागि पठाएका थिए । मुख्यमन्त्री जम्कट्टेलको कार्य विभाजन अनुसार प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गर्दै ती मन्त्रालयको कार्यभार मुख्यमन्त्री जम्कट्टेल मातहत नै रहने गरी जिम्मेवारी तोकेका छन् ।
जसअनुसार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, स्वास्थ्य मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको कार्यभार मुख्यमन्त्री जम्कट्टेलले सम्हाल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण