०८४ को निर्वाचनमा यस्तै परिदृश्य दोहोरिने छैनन् : विष्णु पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संविधानको मर्म अनुसार नै अहिले गठबन्धन परिवर्तन भएको जिकिर गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उनले गठबन्धन परिवर्तन भएर सरकार पुनर्गठन भएकोप्रति नेपाली कांग्रेसमा निकै ठुलो पीडा र छटपटी देखिएको बताए ।
‘कांग्रेसमा यो तहको पीडा, छटपटी, बेचैनी कांग्रेसले व्यक्त गर्न आवश्यक थिएन,’ उनले भने । दलहरुका बिचमा सहकार्य हुन्छ, दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्छन् भनेर संविधानले नै प्रबन्ध गरेको उनले बताए ।
उनले भने, ‘कि त गठबन्धन बनाउन पाइन्छ तर नेपाली कांग्रेससँग मात्र भनेर लेख्नु पर्यो नि संविधानमा ।’
संविधान सम्मत् ढंगले विकल्प खोजिएको जिकिर गर्दै उनले यो संविधान अनुसार कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने तर्कमा आफू सहमत नरहेको बताए । ‘कहिल्यै पनि, कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘०८४ को निर्वाचनमा यस्तै परिदृश्य दोहोरिने छैनन् । जनताको विश्वास जित्न सक्ने दलहरुले मात्र बहुमत आर्जन गर्न सक्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण