सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एआईबारे गोप्य जानकारी चोरेको आरोपमा अमेरिकामा चिनियाँ इन्जिनियर पक्राउ

बिहीबार, २४ फागुन २०८०, १४ : २५
बिहीबार, २४ फागुन २०८०

क्यालिफोर्निया । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारेको व्यापारिक तथ्याङ्क चोरी गरेको आरोपमा गुगलका पूर्वसफ्टवेयर इन्जिनियरलाई अमेरिकामा पक्राउ गरिएको छ । उनले चिनियाँ कम्पनीमा गोप्यरुपमा काम गर्दै सो तथ्याङ्क चोरेको आरोपमा लगाइएको हो ।
क्यालिफोर्निया राज्यमा मुद्दा दर्ता गरेपछि लियोन डिङ नाम गरेका चिनियाँ नागरिकलाई  बुधबार पक्राउ गरिएको हो । उनले करिब ५ सयवटा गोप्य दस्तावेज चोरी गरेको आरोप पत्रमा उल्लेख छ ।

आरोप पुष्टि भएमा उनले १० वर्षसम्म जेल सजाय र हरेक आरोपका लागि २ लाख ५० हजार डलरसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ । डिङले गुगलको सुपरकम्प्युटिङ डाटा सेन्टरबाट तथ्याङ्क चोरी गरेको बताइएको छ । सेन्टरले ठुला एआई मोडलहरूलाई होस्ट गर्नुका साथै प्रशिक्षण दिने काम गर्दछ ।

अभियोग पत्रमा डिङ सन् २०१९ मा सफ्टवेयर विकास गर्ने जिम्मेवारीसहित गुगलमा आबद्ध भएका थिए । उनले सन् २०२२ को मे महिनादेखि गुगलको नेटवर्कको डेटालाई आफ्नो व्यक्तिगत गुगल अकाउन्टमा ट्रान्सफर गर्न थालेका थिए ।  गुगलमा रहेका बेला उनले बेइजिङ राङसू लियान्सी टेक्नोलोजी नामक स्टार्टअप कम्पनीमा काम गरेका थिए । त्यसको साथै उनले एआई र मेसिन लर्निङसम्बन्धी आफ्नै प्राविधिक फर्म संघाई झिसुआन टेक्नोलोजी खोलेर सीईओ बनेको आरोप छ । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप