सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निगमको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको गुणस्तर आईएटीए–आईएसएजीओबाट प्रमाणीकरण

बिहीबार, २४ फागुन २०८०, १७ : ४८
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आइरहेको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको गुणस्तर ‘आईएटीए सेफ्टी अडिट फर ग्राउण्ड अप्रेसन’बाट प्रमाणीकरण भएको छ । यससँगै थप दुई वर्ष अर्थात् ५ मार्च, २०२६ सम्मको लागि नवीकरण भएको छ ।

आईटीए–आईएसएजीओको नियमानुसार दुई–दुई वर्षमा गरिने अडिटको लागि आईएटीएका आधिकारीक अडिटर्सले अडिट गरेपछि निर्धारित सबै मापदण्ड पुरा गरेको हुनाले निगमलाई यो प्रमाणपत्र प्रदान गरिएको हो ।

निगमको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको लागि निगमले विगत सन् २०१६ अगष्ट २६ देखि प्रमाणपत्र प्राप्त गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य वायुसेवाहरुको समेत अन्तर्राष्ट्रिय उडानहरुमा ग्राउण्ड ह्याण्डलिङ्ग सेवा नेपाल एयरलायन्सले नै प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप