निगमको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको गुणस्तर आईएटीए–आईएसएजीओबाट प्रमाणीकरण
काठमाडौँ । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आइरहेको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको गुणस्तर ‘आईएटीए सेफ्टी अडिट फर ग्राउण्ड अप्रेसन’बाट प्रमाणीकरण भएको छ । यससँगै थप दुई वर्ष अर्थात् ५ मार्च, २०२६ सम्मको लागि नवीकरण भएको छ ।
आईटीए–आईएसएजीओको नियमानुसार दुई–दुई वर्षमा गरिने अडिटको लागि आईएटीएका आधिकारीक अडिटर्सले अडिट गरेपछि निर्धारित सबै मापदण्ड पुरा गरेको हुनाले निगमलाई यो प्रमाणपत्र प्रदान गरिएको हो ।
निगमको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको लागि निगमले विगत सन् २०१६ अगष्ट २६ देखि प्रमाणपत्र प्राप्त गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य वायुसेवाहरुको समेत अन्तर्राष्ट्रिय उडानहरुमा ग्राउण्ड ह्याण्डलिङ्ग सेवा नेपाल एयरलायन्सले नै प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण