सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्राविधिक तथा अप्राविधिक परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने लोक सेवा आयोगहरुको निर्णय

बिहीबार, २४ फागुन २०८०, २१ : १८
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । लोक सेवा आयोगहरुले प्राविधिक तथा अप्राविधिक पदहरुका परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा यही फागुन २३ र २४ गते आयोजित लोक सेवा आयोगहरुको चौथो राष्ट्रिय सम्मेलनले आयोगहरूको परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी खर्च मापदण्डमा एकरूपता कायम गर्ने र समयसापेक्ष बनाउने निर्णय गरेको हो । 

यस्तै सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउन र आयोगप्रतिको विश्वास र भरोसा कायम राख्न आयोगमा रिक्त पदाधिकारी  नियुक्ति गर्न सम्बन्धित प्रदेश सरकारसँग अनुरोध गर्ने पनि निर्णय गरिएको छ । निर्णयमा भनिएको छ, ‘लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरूको मर्यादाक्रम सम्बन्धी प्रचलित कानुनी व्यवस्था, नियुक्ति र बर्खास्तको प्रक्रिया तथा बहन गर्नुपर्ने जिम्मेवारीसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने ।’

यस्तै सम्मेलनले आयोगहरुको पाँचौँ सम्मेलन २०८१ फागुन २३ र २४ गते गर्ने निर्णय गरेको छ । 

यसैबीच सम्मेलनले आयोगप्रतिको विश्वास एवम् साखलाई कायम राख निष्पक्ष र स्वच्छ रूपमा योग्यताको आधारमा मात्र भर्ना तथा छनोट हुने सिद्धान्तलाई पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ । 

nn1g

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप