पर्सा प्रहरीले चिहान उत्खनन् गरेर निकाल्यो १२ वर्षीय बालकको शव
बीरगन्ज । पर्सा प्रहरीले चिहान उत्खनन् गरेर १२ वर्षीय बालकको शव निकालेको छ । प्रहरीले ती बालकको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि चिहानबाट शव निकालेको हो ।
प्रहरी स्रोतका अनुसार बीरगन्ज महानगरपालिका–१२ निवासी शम्भु महतोले १२ वर्षीय छोरा दिलीप मण्डललाई कोठामा थुनेर राखेका थिए । थुनेकै अवस्थामा दिलीपले आत्महत्या गरेको बताइन्छ ।
अभिभावकले सुटुक्क शव लगेर गाडेपछि प्रहरीले घटनाका बारेमा जानकारी पाएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमार विक्रम थापाले चिहानबाट बालकको शव निकालिएको पुष्टि गरे । उनका अनुसार वीरगन्जको सिर्सिया नदी छेउ ती बालकको शव गाडिएको थियो ।
उनका अनुसार शव गाडिएको सूचना आएपछि पर्सा प्रहरीको टोलीले बिहीबार राति घटनास्थलमा पुगेर शंकास्पद शव निकालेको हो ।
प्रहरीको टोलीले बालकको शव अन्दाजी दुई फिट गहिरो खाल्डोमा गाडिएको अवस्थामा निकालेको हो । प्रारम्भिक अनुसन्धानमा बालकको शरीरमा कुनै किसिमको चोटपटक नदेखिएको प्रहरीको भनाइ छ ।
यद्यपि, शवलाई पोष्टमार्टमका लागि भने नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । पोष्टमार्टमको रिपोर्ट आइसकेपछि थप अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।
प्रहरीले अनुसन्धानका लागि मृतक बालकका बुबा शम्भु र आमा सवितादेवीलाई नियन्त्रणमा लिएको छ ।
प्रारम्भिक सोधपुछमा उनीहरुले लागु औषध दुर्व्यसनमा लागेका कारण आफूहरुले छोरालाई घरमै थुनेर राखेको तर त्यही रिसले छोराले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने बयान दिएको प्रहरी स्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण