पद ठुलो हुँदैमा र मान्छे धनी हुँदैमा राम्रा हुँदैनन् : अध्यक्ष बिजुक्छे
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको बताएका छन् ।
शुक्रबार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पद ठुलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्नेकुरा सत्य नरहेको बताए । उनले उनीहरुको गल्ती कमजोरीबाट सिकेर आम नागरिकहरुले राम्रो काम गर्नुपर्ने बताए । उनले पुरातात्त्विक र धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनः निर्माणमा राज्यका निकायहरुले चासो नदिएको बताए ।
उनले भने, ‘मजदुर किसानहरु नै देशको बहुमत जनता हो । ठुला–ठुला मानिसहरुको भ्रष्टाचारको विषयमा त पूर्ववक्ता साथीहरुले भनी हाल्नुभयो । पद ठुलो हुँदैमा, मान्छे धनी हुँदैमा उनीहरु राम्रा हुन्छन् भन्नेकुरा सत्य होइन । त्यसकारण तिनीहरुको गल्ती कमजोरीबाट सिकेर त्यस्तो काम नहोस् भन्नेकुरा मनमा राखौँ ।’
अध्यक्ष बिजुक्छेले जनताको स्तरबाटै कम नगरी विकास हुन नसक्ने अवस्था आएको बताए । उनले नयाँ पुस्ताले प्राचिन इतिहास र कलालाई संरक्षण गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण