महिला अधिकारको क्षेत्रका काम गर्न छुट्टै निकाय स्थापना गरिन्छः महिलामन्त्री चौधरी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रका काम गर्नका लागि छुट्टै संस्था बनाउने बताएकी छन् ।
११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर मन्त्रालयले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नवनियुक्तमन्त्री चौधरीले सो कुरा बताएकी हुन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको यस अघिको सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको थियो ।
मन्त्री चौधरीले महिला हिंसाको घटना बढिरहेको बेला सो विभाग खारेज गरेकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला अधिकारसम्बन्धि हेर्ने छुट्टै संस्थाको व्यवस्था हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउने बताइन् ।
उनले भनिन्, ‘विगतको दिनमा हामीसँग त्यसबेला ७५ जिल्ला हुँदाखेरी महिला विकास अधिकृति जिल्लाजिल्लामा हुने गर्दथे । यो चीज विघटन भएको छ महिला मन्त्रालय अन्तर्गत । महिला विभाग पनि थियो । त्यो पनि अहिले यो बीचमा खारेज भएको अवस्था छ । तथापी पनि अब हामी महिलाको लागि पनि तीन वटै तहबाट एउटा संरचना बनाएर कसरी जाने भनेर यो महिला मन्त्रालयले अहिलेको नयाँ आउने नीति तथा कार्यक्रममा, अहिले नयाँ आउने बजेटमा मलाई लाग्छ–यहाँ सबै महिला अधिकारकर्मीहरु, यस्ता अधिकारकर्मीहरुले दिएको सुझाव, सल्लाह अनुसार त्यो नीति तथा कार्यक्रम र बजेटमा तय गर्नेछौं ।’
मन्त्री चौधरीले महिला मन्त्रालयमा बजेट बढाउने विषयमा पनि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण