आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक

शनिबार, २६ फागुन २०८०

काठमाडौँ नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबिच किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको हो । 

गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुन् भने लेखक सुदन किराती र गायक, कनकाइस्ट राई हुनुहुन्छ । कार्यक्रममा बोल्दै सांसद किराँतीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताए । उनले जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको बताए । उहाँले यही महिनामा बुद्ध र लुम्बिनी सम्बन्धी गीति भिडियो पनि सार्वजनिक गर्ने बताए ।

उनले भने, ‘म्युजिक भिडियो सार्वजनिक गरेका छौँ । जो चाहिँ मेरो जन्मदिन फागुन १८ गते, त्यही दिन नै सार्वजनिक गर्ने इच्छा थियो तर पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले भ्याइन । आज हामीले जन्म आफैँमा मान्छेको ठुलो सिर्जना हो र यसलाई नै फरक तरिकाले मनाऊँ भनेर हो । भैरवबहादुर थापा नेपालको जिउँदो सम्पदा हो, संस्कृतिविद् । उहाँलाई हामीले सम्मान पनि गरेका छौँ । मान्छेलाई प्रेरित गरोस् । जन्मेपछि मान्छे मरिन्छ नै । त्यसैले जन्मदिन पनि सिर्जनात्मक रूपमा मनाउन भनेर सार्वजनिक गरेका छौँ । जन्मदिनकै अवसर पारेर बुद्ध र लुम्बिनी सम्बन्धी भिडियो पनि तयार भएको छ । त्यो पनि सार्वजनिक हुँदैछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया