८ देशका कलाकार लिएर ‘यो मन त मेरो नेपाली हो’ को छायांकन
काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारहरूलाई लिएर फिल्मको दोस्रो चरणको छायांकन सुरु गरिएको निर्माण युनिटले जनाएको छ ।
फिल्मको दोस्रो चरणको छायांकनमा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया ,जर्मनी, साउथ अफ्रिका लगायतका देशका कलाकारहरूको अभिनय रहने छ । फिल्मको तेस्रो चरणको छायांकन भने क्यानडामा हुनेछ ।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर)को निर्देशन रहेको फिल्मका ज्ञान बहादुर प्रधान (रोशन) निर्माता हुन् । फिल्मको पहिलो चरणको छायांकन झापा, इलामसाथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउ पश्चिम् बङ्गाल लगायतमा गरिएको थियो ।
फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय छ ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा मित्र प्रधान (नर )को प्रस्तुति रहेको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । फिल्म मार्फत नेपाली भाषा, साहित्य, कला, यसको इतिहास देखाउन खोजिएको निर्देशक प्रधानले बताए ।
शिवम् अधिकारीको लेखन रहेको फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व , समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण