सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एकीकृत कारोबारमा जाने

आइतबार, २७ फागुन २०८०, ११ : १४
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था यहीँ फागुन ३० गते बुधवारदेखि एकीकृत कारोबारमा जाने भएका छन् । यी दुई संस्थाले एक आपसमा मर्जर भई एकीकृत कारोबारका लागि राष्ट्र बैंकमा लिएको निवेदन अन्तिम स्वीकृति भएसँगै बुधवारदेखि एकीकृत कारोबारमा जाने भएका हुन् । 

मर्जर पश्चात् यी दुई संस्था ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नाममा संयुक्त कारोबारमा जानेछन् ।  बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९)’ को विनियम ११ को उप–विनियम (७) बमोजिम कम्पनी मर्जरसम्बन्धी जानकारी सर्वसाधारणलाई दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप