‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रम मित्रराष्ट्रका सैन्य बलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्य बलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताएका छन् ।
नेसनल क्याडेट कर्प्स (एनसिसी) कार्यक्रम अन्तर्गतको विभिन्न दक्षिण एसियाली देशका सैन्य अधिकृतबिचको तालिम आदानप्रदान कार्यक्रममा सहभागी सैन्य प्रशिक्षार्थीहरूसँग आइतबार सिंहदरबारमा भएको भेटमा उनले एक अर्का देशको आर्थिक–सामाजिक एवं सांस्कृतिक अवस्थाबारे सचेतना र सम्मानमा विस्तार गर्ने विश्वास व्यक्त गरे ।
‘मलाई विश्वास छ, यो कार्यक्रमले देशहरूबिच रहेका अदृश्य सीमाहरू उजागर गर्ने र त्यसलाई न्यूनीकरण गर्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले समग्र विश्व एक अन्तरआवद्ध समुदाय हो भन्ने कुराको सशक्त सन्देश प्रवाह गर्नेछ ।’
यस्ता कार्यक्रमले विभिन्न क्षेत्रका युवाहरूलाई देशप्रति समर्पित, अनुशासित जिम्मेवार भावी नेतृत्व र नागरिकका रूपमा विकास गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रचण्डले राष्ट्रियता, नेतृत्व, आत्मविश्वास र देशका लागि स्वयंसेवा गर्ने प्रतिबद्धता गर्ने बताए ।
कार्यक्रमले युवामा आत्मसम्मानको विकासमा मात्र नभई सामुदायिक विकास र आवश्यक परेका समयमा स्वयंसेवा गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यसले ऊर्जाशील युवामा बहुआयामिक ज्ञानको विकास हुने बताए । युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान मालदिभ्सलगायतका ‘नेसनल क्याडेट कर्प्स ’को सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन कार्यालयका कर्मचारी घुससहित पक्राउ
-
आयोगमा परेका १ हजार ५ सय उजुरीमध्ये ४ सय उजुरीको प्रारम्भिक छानबिन सुरु
-
सशस्त्रको स्कुलको ११ करोड रकम एमडी ट्राभल्सको खातामा
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण