राजनीति
राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यक्रम सार्वजनिक
आइतबार, २७ फागुन २०८०, १७ : ४७
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २८ गते प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको छ । यस्तै २९ गते निर्वाचन हुनेछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।
सोही दिन साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र २९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसका लागि राष्ट्रियसभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ । राष्ट्रियभा सभाअध्यक्षमा कांग्रेसले उम्मेदवार तय गरिसकेको छ भने गठबन्धनबाट माओवादीले उम्मेदवार खडा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण