२१ मिनेट काटियो ‘रङ्गेली’
काठमाडौँ । गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’ प्रदर्शनकै समय २१ मिनेट कटिएको छ । दर्शकले फिल्म लामो भएको प्रतिक्रिया दिएपछि फिल्म काटिएको हो ।
यसअघि २ घण्टा ५१ मिनेट लम्बाई रहेको फिल्म अब २ घण्टा ३० मिनेटको बनाइएको छ । दर्शकले फिल्म लामो महसुस गरेको कारण घटाइएको निर्देशक अर्जुन सुवेदीले बताए । फिल्म २१ मिनेट काट्दा झन् राम्रो भएको निर्देशक सुवेदीको भनाई छ । २१ मिनेट काँटछाँट गरिएको फिल्म सोमबारबाट रिलिज हुनेछ ।
सुवेदीको यो डेब्यु निर्देशन हो । फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ । फिल्ममा केमियो भूमिकामा अभिनेता आर्यन सिग्देल समेत देखिएका छन् । जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेको फिल्म संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण