आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

२१ मिनेट काटियो ‘रङ्गेली’

आइतबार, २७ फागुन २०८०, १८ : २०
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’ प्रदर्शनकै समय २१ मिनेट कटिएको छ । दर्शकले फिल्म लामो भएको प्रतिक्रिया दिएपछि फिल्म काटिएको हो ।

यसअघि २ घण्टा ५१ मिनेट लम्बाई रहेको फिल्म अब २ घण्टा ३० मिनेटको बनाइएको छ । दर्शकले फिल्म लामो महसुस गरेको कारण घटाइएको निर्देशक अर्जुन सुवेदीले बताए । फिल्म २१ मिनेट काट्दा झन् राम्रो भएको निर्देशक सुवेदीको भनाई छ । २१ मिनेट काँटछाँट गरिएको फिल्म सोमबारबाट रिलिज हुनेछ ।

सुवेदीको यो डेब्यु निर्देशन हो । फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ । फिल्ममा केमियो भूमिकामा अभिनेता आर्यन सिग्देल समेत देखिएका छन् । जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेको फिल्म संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठले निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप