सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा एक महिलाको हत्या

आइतबार, २७ फागुन २०८०, २० : ३१
आइतबार, २७ फागुन २०८०

सिरहा। सिरहामा आइतबार एक महिलाको हत्या भएको छ । सिरहा नगरपालिका ६ बसपिट्टाका ६५ वर्षिय रामउदगार साहले आफ्नै श्रीमती ६० वर्षिया निर्मला साहको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिए  ।

प्रहरीले हत्या अभियोगमा श्रीमान साहलाई नियन्त्रणमा लिएको छ। प्रहरीले श्रीमानले हत्या गरेको स्वीकारेपनि कारण भने अझै नखुलाएको जनाएको छ ।
मृतकको  शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।

शनिबार पनि सिरहाको गोलबजारमा होटल चलाए बसेका एक महिलाको हत्या भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप