राजनीति
विश्वासको मत फागुन ३० मा लिन प्रधानमन्त्रीको पत्र
आइतबार, २७ फागुन २०८०, २१ : २७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने प्रयोजनका लागि आइतबार संसद सचिवालयलाई पत्र पठाएका छन् ।
प्रतिनिधिसभाको आगामी बैठक तय भएकै दिन विश्वासको मतका लागि व्यवस्था मिलाउन प्रधानमन्त्रीले संघीय संसद् सचिवालयलाई पत्र पठाएको संसदका प्रवक्ता एकराम गिरीले रातोपाटीलाई बताए । ‘बैठकको कार्यसूचीमा यो विषय राख्ने काम अब सचिवालयले गर्छ,’ गिरीले भने ।
फागुन २१ गते प्रचण्डले एमालेलगायत दलहरुसँग नयाँ गठबन्धन बनाएपछि यही फागुन २२ मा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोही कारण संविधानको धारा १ सयको उपधारा २ अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन कार्यालयका कर्मचारी घुससहित पक्राउ
-
आयोगमा परेका १ हजार ५ सय उजुरीमध्ये ४ सय उजुरीको प्रारम्भिक छानबिन सुरु
-
सशस्त्रको स्कुलको ११ करोड रकम एमडी ट्राभल्सको खातामा
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण