झापा गोल्डकपको फाइनल आज, उपाधिका लागि चर्च ब्वाइज र एपीएफ क्लब भिड्ने
काठमाडौँ । छैटौँ संस्करणको झापा गोल्डकपको उपाधिका लागि आज गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
खेल सोमबार अपराह्न ३ बजे बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदै छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
यता,पहिलो सेमिफाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई १-० गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो भने सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पहिलो पटक गोल्डकपमा सहभागी भएको हो । चर्च ब्वाइजले प्रतियोगिताको पहिलो सहभागितामै फाइनलमा पुग्न सफल भएको छ ।
प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलाडीलाई जनही २५ हजार रुपैयाँ विधागत पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण